कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः [email protected] सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइने

     
    भोजराज कार्की , सोलुखुम्बु 
    पौष २१,२०७४ 
     
    सोलुखुम्बुमा विभिन्न कार्यक्रम गरि भुकम्प सुरक्षा दिवस मनाउने निर्णय भएको छ । आज प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा सम्पन्न बैठकले पुस २९ गते देखी माघ २ गते सम्म विभिन्न कार्यक्रम गरि भुकम्प सुरक्षा दिवस मनाउने निर्णय गरेको हो ।
    पुस २९ गते भुकम्पमा घाईतेको प्राथमीक उपचार विधि, माघ १ गते अन्तरसंबाद कार्यक्रम, माघ २ गते हातेमालो कार्यक्रम, घुँडा टेकि गुडुल्की ओत लागी समात अभ्यास, प्रतिबद्धता, ¥याली, सचेतना सभा गरेर कार्यक्रम मनाउने निर्णय भएको छ ।
    जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले तोकिएको कार्यक्रम गर्न विभिन्न निकायलाई जिम्मेवारी समेत प्रदान गरेको छ । रेडक्रस, नेपाली सेना, सोलुदुधकुण्ड नगरपालीका लगाएतको निकायलाई कार्यक्रमको जिम्मेवारीका लागि अनुरोध गरिएको छ । अन्य आवश्यक सहयोगको लागि पनि सोलुदुधकुण्ड नगरपालीकामा अनुरोध गर्ने समेत निर्णय गरिएको छ ।
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org