समाचार

  • लडेर एक जनाको मृत्यु, गोठमा आगलागी ३ लाखको क्षति

     
    सुवास दर्नाल, सोलुखुम्बु 
    पौष २१,२०७४ 
     
    सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालीका ९ लोखिममा लडेर एक जनाको मृत्यु भएको छ । गोठमा जाने क्रममा बाटोमा लडेका ४६ बर्षिय याम माया तामाङको  मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । विहिबार दिउसो करिब ३ बजे गोठमा जादै गर्दा बाटोमा लडेका तामाङको  घटना स्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक कानुनी प्रकृया पुरागरी सकेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।
    यसैविच सोलुखुम्बुको दुधकोशी गाउपालीका ६ को एक गोठमा आगलागी  हुदा करिब ३ लाख बराबरको क्षति भएको छ । स्थानिय पञ्च बहादुर राईको २ तले ढुगां माटोले बनेको गोठमा आज विहान करिब ३ बजे आगलागी हुदा सो क्षति भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।  आगलागीबाट मानविय र चौपायको क्षति नभए पनि गोठमा राखिएको  काठपात पुर्ण रुपमा जलेर नष्ट भएको हो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org