समाचार

  • प्रहरी र म्यादी बीच झडप हुँदा एकको मृत्यु, केहि बालबालीका समेत बेपत्ता ।

    पुस ७, २०७४
    कालीकोट, ः प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा आज एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबेरअघि मात्र मृत्यु भएको छ । 
    प्रहरीले म्यादी प्रहरीको तलब यसअघि रु २४ हजार भुक्तानी भइसकिएको र अब रु ३४ हजार २५० दिइने भने पनि चित्त नबुझेकाले विरोध जनाएर ज्ञापनपत्र बुझाउन आउँदा म्यादी प्रहरीमाथि लठ्ठी प्रहार भएको थियो । अहिले कालीकोटको अवस्था तनावग्रस्त छ । 
    जिल्लामा शैक्षिक मेला भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास र गोली प्रहार गर्दा करिब १० बालबालिका हराइरहेको बताइएको छ । प्रहरीले माथिको आदेशभन्दा पनि मनोमानी तरिकाले गोली चलाएको आरोप म्यादी प्रहरीले लगाएका छन् । प्रहरीले भने आफूले अश्रुग्यास मात्र हानेको तर गोली नचलाएको जिकिर गरेको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org