कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः [email protected] सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • विन्टर ओलम्पिकमा रुसलाई प्रतिवन्ध

    news

    २० मंसिर – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दक्षिण कोरियामा हुने विन्टर ओलम्पिक खेलमा रुसलाई प्रतिवन्ध लगाएको छ । डोपिङ प्रकरणमा दोषि देखिएको भन्दै रुसलाई प्रतिवन्ध लगाइएको हो ।

    दक्षिण कोरियाको प्योङचाङमा विन्टर ओलम्पिक सुरु हुन ६३ दिन बाँकी छ । ‘आगामी ९ फेब्रुअरीमा हुने खेलमा निर्दोष रुसी खेलाडीहरुलाई ओलम्पिक एथलिट फ्रम रसिया (ओएआर)को नामबाट निमन्त्रणा गरिने छ तर एक शक्तिशाली देशको भने बन्चित हुनेछ,’ बीबीसीले लेखेको छ ।

     

    सन् २०१४ को ओलम्पिक खेलमा रुसी खेलाडीहरु डोपिङ टेष्टमा फेल भएपछि त्यसको अनुसन्धान थालिएको थियो । स्वीटजरल्याण्डका पूर्वराष्ट्रपति स्यामुअल स्मिटको नेतृत्वमा डोपिङ प्रकरणको छानबिन भएको थियो । लामो समयको अनुसन्धानपछि ओलम्पिक कमिटीले रुसलाई अर्को वर्ष दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा खेल्न नदिने निर्णय गरेको हो ।

    अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रुसको ओलम्पिक कमिटीलाई यसअघि नै निलम्बन गरिसकेको छ । डोपिङ प्रकरणमा सामेल नभएको प्रमाणित गर्ने अरु रुसी खेलाडीहरुले भने भाग लिन पाउने छन् तर रुसको झण्डा भने प्रयोग गर्न नपाउने समाचारमा उल्लेख छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org