समाचार

  • महतोले गरे निधिको स्वास्थ्य लाभको कामना

    राष्ट्रिय जनता पार्टी राजपाका नेता तथा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र महतोले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 

    चुनावी सभामा निधिविरुद्ध आक्रामक देखिए पनि राजनीतिक संस्कार देखाउँदै महतोले अस्पताल भर्ना भएको खबर पाउनासाथ निधिको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । 

    महतोले सामाजिक संजाल मार्फत निधिको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक पेजबाट निधिलाई स्वास्थ्य लाभको कामना गर्दै महतोले निधि फेरि आफ्नो चुनावी अभियानमा फर्किने विश्वाससमेत व्यक्त गर्नुभएको छ । 

    छातीमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि सोमबार बेलुका काठमाडौंको ओम अस्पतालमा भर्ना हुनुभएको थियो । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । 

    मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा धनुषा निर्वाचन क्षेत्र नं ३ बाट राजपा नेता महतो र कांग्रेस नेता निधिबीच चुनावी प्रतिस्पर्धा छ । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org