समाचार

  • क्यानडाको टोरन्टोमा भएको तेक्वान्दोमा यानकुमारीलाई स्वर्ण

    क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छिन् । क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन् । अर्का २ राष्ट्रिय खेलाडी भने पदकविहिन रहे ।

    टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पदक विहिन रहे । महिला ४९ केजी तौल समूहको पहिलो खेलमै रेजिना क्यानाडाकी खेलाडीसँग पराजित भइन् । ६२ केजीमुनि तौलसमूहमा ज्ञानी क्वुबाकी खेलाडीसँग पहिलो खेलमै स्तब्ध भएपछि पदक विहिन भइन् ।  च्याम्पियनसिपमा करिब १ हजार १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org