समाचार

  • अमेरिकी जासुसलाई इरानमा १० वर्ष जेल सजाय, अमेरिकाले भन्यो - रिहा गर्नुपर्छ

    इरानमा अमेरिकी एक नागरिकलाई जासुसीको आरोपमा १० वर्षको जेल सजाय सुनाईएको छ । इरानको सरकारी टेलिभिजनले अमेरिकी नागरिकलाई जेल सजाय सुनाएको प्रसारण गरेको थियो । 

    सियु वाङ नामका ३७ वर्षका उनले अमेरिकी र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको इरानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । 

    उनलाई जासुसीको आरोपमा पक्राउ गर्नु अघि झण्डै चार हजार पाना दस्तावेज डिजिडल अर्काइब पनि गरिएको इरानले जनाएको छ । इरानका अनुसार झण्डै ७० जना जासुसीको आरोपमा पक्राउ परेका छन् र ती मध्ये केहीको नाम मात्र सार्वजनिक गरिएको छ । अमेरिकाले भने झुठो आरोपमा पक्राउ परेका आफ्ना नागरिकलाई रिहा गरिदिन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले इरानसँग आफ्ना नागरिकलाई झुठा आरोपमा पक्राउ नगर्न र पक्राउ परेकालार्य तत्काल रिहा गर्न भनेको हो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org