समाचार

  • दीपाको हातमा कसको नाम ?

    news

    साउन महिना लागेसँगै प्राय महिलाहरुको हातमा मेहेन्दीको रङ देखिएको छ । बिवाह भएका प्रायजसो महिलाहरुले आफ्नो हातमा श्रीमानको नाम लेख्छन् भने बिवाह नगरेकाहरुले पनि लुकाईछिपाई आफ्ना केटासाथीको नाम लेखेका छन् । यद्यपी यो सबैको हकमा लागु नहुन पनि सक्छ ।


    यस्तैमा निर्देशक तथा हाँस्यकलाकार दीपाश्री निरौलाले पनि आफ्नो हातमा मेहेन्दी लगाएकी छिन् । उनको हातमा लागाईएको मेहेन्दीमा आफ्नो निर्देशनमा रहेको आगामी चलचित्रको नाम लेखाएकी छिन् । आफ्नो हातको तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै उनले लेखेकी छिन्, ‘कसैको नाममा मेहेन्दी होईन..., आफ्नै कामको मेहेन्दी....जय शम्भु ।’ उनले फेसबुकमा सेयर गरेको फोटोमा हत्केलामा ‘छक्का पन्जा २ असोज ११’ लेखिएको छ भने औलाहरुको टुप्पो र नाडीमा आकर्षक डिजाईन गरिएको छ ।

     

    दीपाश्री निरौलाको निर्देशनमा बनेको दोश्रो चलचित्र ‘छक्का पन्जा २’ यहि असोज ११ गतेबाट हलहरुमा आउने भएको छ । गतबर्ष दीपाश्रीकै निर्देशनमा बनेको चलचित्र ‘छक्का पन्जा’ सुपरहिट भएको थियो । चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, प्रियंका काकी, बर्षा राउत, स्वस्तिमा खड्का, आयुष्मान देशराज जोशी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रको टिजर सार्वजनिक भईसकेको छ भने पहिलो गीत यहि सातामा सार्वजनिक हुने निर्देशक दीपाश्री निरौलाले गज्जबको अनलाईनसँग बताईन् ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org