समाचार

  • पाँच पटककी विजेतालाई हराउँदै मुगुरुजाले जितिन विम्बल्डन

    news

    स्पेनकी गार्विन मुगुरुजाले महिलातर्फको विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । ५ पटककी विजेता भेनस विलियम्सलाई फाइनलमा ७–५ र ६–० को सोझो सेटमा हराउँदै २३ बर्षकी मुगुरुजाले पहिलोपटक विम्बल्डनको उपाधि जितेकी हुन् ।  

    पराजयसंगै भेनसले विम्बल्डन जित्ने सवैभन्दा बढी उमेरकी खेलाडी हुने मौका पनि गुमाएकी छन् । यससँगै मुगुरुजा विलियम्स दिदीबहिनीलाई हराउने पहिलो महिला खेलाडी पनि भएकी छन् । उनले सन् २०१६ को फ्रेन्च ओपनमा सेरेना विलियम्सलाई हराएर फ्रेन्च ओपन जितेकी थिइन् ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org