समाचार

  • विद्युत गृहमा पहिरो खस्यो, गाउँ अन्धकारमा

    news

    ताप्लेजुङको आठराई त्रिवेणि गाउँपालिकामा रहेको विद्युत गृहमाथि ढुङ्गा खसेर क्षति पूग्दा १ सय ८५ घरधुरी अन्धकार भएको छ ।

     

    शनिबार रातिको अविरल वषर्ा संगै सोवुवा खोला ए लघु जलविद्युत आयोजना साविक हाङपाङ ३, ४ मा पर्ने विद्युत गृहमाथि ढुङ्गा खसेको हो ।

    विद्युत गृह माथिबाट ढुङगा खस्दा विद्युत गृहका अपरेटर डम्वर आङवुहाङ समेत घाइते भएका छन् । आङवुहाङको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    रिर्जभ ट्याङकीको पानी ओभर ˆलो भएर आएपछि विद्युत गृह माथि पस्दा पहिरो गएको हो । पहिरोले विद्युत गृहमा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यसबारे करिव ६० लाखको क्षति भएको अनुमान छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org