समाचार

  • जापानले शिक्षण अस्पताललाई ७० करोडको उपकरण दिने

    news

    महाराजगञ्जस्थित त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ । 

    अस्पतालका निर्देशक डा दीपक महराले अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने बताए। रकमको सट्टा उपकरण भएमा अस्पतालाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरुप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाइ छ । 

    जापानले दुई वर्षअघिको भूकम्पका समयमा अस्पताललाई उपकरण खरिदमा रकम सहयोग गर्ने वचन दिएको थियो । तर अस्पतालले रकमको सट्टा उपकरण नै दिन आग्रह गरेपछि उपकरण दिन जापान राजी भएको थियो । 

    एमआरआई मेसिन, स्तन क्यान्सर जाँच गर्ने मेमोग्राम मेसिन, अल्ट्रा साउण्डलगायत अन्य शल्यकक्षमा प्रयोग हुने उपकरण आउने निर्देशक महराले बताए। रासस

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org