समाचार

  • रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनलमा

    news

    पाँचौ वरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनल प्रवेश गरेका छन् । फेडेररले सेमिफाइनलमा चेज रिपब्लिकका टोमस भर्डिचलाई ७–६ ७–६ र ६–४ ले हराउँदै ११ औ पटक विम्बल्डनको फाइनल प्रवेश गरेका हु्न् । 


    फाइनल जिते उनी ८ औँ पटक विम्बल्डनको विजेता बन्नेछन् । फेडेररले सन २०१२ मा विम्बल्डनको उपाधि जितेका थिए । फाइनलमा फेडेररले छैटौ बरियताका क्रोएशियाका मारिन किलिकसँग खेल्नेछन् । किलिकले अमेरिकाका साम क्वेयरीलाई हराएर फाइनलमा स्थान बनाएका हुन् । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org