समाचार

  • चीनसँगको विवाद समाधान गर्न भारतले कुटनीतिक पहल थाल्ने

    चीनसँगको विवाद समाधान गर्न भारतले कुटनीतिक पहल थाल्ने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सीमा क्षेत्रको विवाद समाधान गर्न भारतले कुटनीतिक प्रयास थाल्ने तयारी गरेको हो । 

    चीनमा हुन लागेको ब्रिक्स राष्ट्रको सम्मेलनमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवाल सहभागी हुने र उहाँले त्यहाँ रहँदा चीनको राष्ट्रिय सुरक्षा सल्लाहकारसँग विवाद समाधानका विषयमा कुरा गर्ने खबरमा उल्लेख छ । 

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिङ पिङबिच केही दिनअघि ब्रिक्स सम्मेलनका दौरान ह्यामवर्गमा भेट भएको र विभिन्न मुद्दामा कुराकानी भएको भारतीय पक्षले दावी गरिरहे पनि चीनले त्यस्तो कुनै भेटघाट र कुराकानी नभएको जनाएको छ । 

     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org