समाचार

  • यस्तो छ ‘प्रेमगीत २’ की नायिका अश्लेषाको वास्तविक नाम

    news

    नायिका अश्लेषा ठकुरी यतिबेला आफ्नो डेब्यु चलचित्र ‘प्रेमगीत २’ को प्रोमोशनमा ब्यस्त छिन् । चलचित्रकी नायिका भएको हिसाबले उनी बिभिन्न स्थानहरुमा चलचित्रको प्रोमोशनमा गईरहेकी छिन् । यस्तै क्रममा उनी आफु पढेको नयाँबानेश्वर स्थित सान्त्वना कलेजमा पनि चलचित्रको प्रोमोशनको लागि पुगेकी थिईन् । त्यहाँ भएको कार्यक्रममा अश्लेषाका शिक्षकहरुले उनलाई अर्कै नामले बोलाएका थिए ।


    खासमा अश्लेषाको बास्तबिक नाम ‘एरिका’ हो । कलाकारिता क्षेत्रमा अश्लेषा नाम भएपनि उनको बास्तविक नाम ‘एरिका’ भएको उनलाई पढाउने एक शिक्षकले बताएका छन् । यस बिषयमा बोल्दै नायिका अश्लेषा ठकुरीले भनिन्, ‘मेरो नागरिकता, पासपोर्ट, स्कुल र कलेजका डकुमेन्टहरुमा मेरो नाम एरिका छ । अश्लेषा मेरो प्रोफेसनल नाम हो ।’


    एक मिडियासँगको कुराकानीमा अश्लेषाले आफुले २ वटा नाम राख्नुको कारणको बारेमा पनि बताईन् । उनी भन्छिन्, ‘२ वटा नाम भयो भने फाईदा हुन्छ । म कतै बाहिर जानुपर्यो भने मेरो डकुमेन्ट हेरिन्छ त्यसमा मेरो नाम एरिका हुन्छ । जसले गर्दा म एकदमै सामान्य नागरिक भएर हिड्न पाउँछु । सामान्य नागरिक भएर हिड्नको लागि दुईवटा नामले धेरै नै सजिलो बनाउँछ । नाम दुईओटा भएपनि मान्छे भने म एउटै हो ।’


    रामशरण पाठकद्धारा निर्देशित चलचित्र ‘प्रेमगीत २’ साउन १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । आशुषेन फिल्म्सद्धारा निर्मित चलचित्रमा सन्तोष सेनको लगानी रहेको छ । चलचित्रमा प्रदीप खड्का, अश्लेषा ठकुरी, राजाराम पौडेल, कैलाश कट्वाल, शिशिर भण्डारी, कुमार कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org