समाचार

  • आगलागीमा परेर साउदी अरबमा ११ जना आप्रवासी कामदारको मृत्यु, ६ जना घाइते

    साउदी अरबको एक घरमा आगो लाग्दा ११ जना आप्रवासी कामदारको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । 

    झ्याल नभएको घरमा आगो लागेको र उनीहरुको निस्सासिएर ज्यान गएको बताइएको छ । ज्यान गुमाउनेहरु बंगलादेश र भारतका रहेका बिबिसीमा खबर छ । त्यहाँको सरकारले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ ।

    साउदी अरबमा आप्रवासी कामदारको सुरक्षा जोखिम रहेको अधिकारकर्मीले बताएका छन् । साउदी अरबमा झण्डै ९० लाख विदेशी कामदार कार्यरत छन् । त्यसमध्ये दक्षिण एशियाका धेरै छन् । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org