समाचार

  • यी हुन् रक्षााको मनमा बस्न सफल नायकहरु

    news

    संयोग नेपाल

    हाँस्य टेलिसिररियल ‘भद्रगोल’मा रक्षा पात्रको रुपमा अभिनय गरेकी कलाकार रक्षा श्रेष्ठले केहिदिन अघिमात्रै आफ्नो जन्मदिन मनाईन् । ग्रामीण भेगकी युवतीको भूमिका निर्वाह गरिरहेकी रक्षा श्रेष्ठ काठमाडौँ, चाबहिलकी रैथाने बासिन्दा हुन् । आकर्षक अनुहार र मिलेको जीउडाल भएकी उनले ‘भद्रगोल’मा अभिनय गरेपछि एकाएक सेलिब्रेटी भईन् ।


    केहि चलचित्रहरुमा समेत अभिनय गरिसकेकी रक्षाले अहिलेसम्म ४५ भन्दा धेरै बिज्ञापनहरुमा अभिनय गरिसकेकी छिन् । उनको रुपसँगै अभिनयको पनि तारिफ हुने गर्दछ । म्युजिक भिडियोबाट आफ्नो करिअर सुरु गरेकी उनले आजसम्म आउँदा ३५ भन्दा धेरै म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन् । उनको जति चर्चा बिज्ञापन र म्युजिक भिडियोले गर्यो त्योभन्दा सयौँ गुणा बढि चर्चा भने उनलाई भद्रगोलले नै दियो ।


    टेलिसिरियलमा जिग्री मनपर्ने भएकोले उनको गर्लफ्रेन्डको भुमिका निभाएका रक्षालाई बास्तबिक जीवनमा भने अन्य नायकहरु नै मनपर्छन् । गज्जबको अनलाइनसँग कुरा गर्दै रक्षाले आफुलाई मनपर्ने पाँच नायिकाको बारेमा भनेकी छिन् । उनलाई मनेपर्ने नायकहरुको नाम भन्न लगाउँदा उनको मुखमा सबैभन्दा पहिला दयाहाङ राईको नाम निस्कियो । त्यसै गरी दोश्रो, तेश्रो, चौथो र पाचौँमा क्रमश प्रदिप खड्का, नाजिर हुसेन, अनमोल केसी र दीपकराज गिरी पर्दछन् ।


    त्यस्तै मनपर्ने नायिकाहरुको नाम भन्नुस् भन्दा उनले ठट्यौली पारामा ‘खासै कोहि पनि छैन म मात्रै हो’ भनिन् । त्यसपछि उनले बिस्तारै सम्झँदै नायिकाहरुको नाम लिन थालिन् । उनलाई मन पर्ने नायिकाहरुमा पहिलो नाम प्रियंका कार्की पर्दिरहिछिन् । दोश्रो, दोश्रो, तेश्रो, चौथो र पाचौँ नंबरहरुमा क्रमश निशा अधिकारी, नम्रता श्रेष्ठ, करिश्मा मानन्धर र जल शाहको नाम लिईन् ।


    रक्षा श्रेष्ठ पछिल्लो समय हाँस्यटेलिसिरियल ‘भद्रगोल’ मा नै ब्यस्त छिन् । हामीसँगको कुराकानीमा रक्षाले आफु अहिले अस्वस्थ रहेकोले धेरैजसो समय घरमै रेस्ट गरेर बस्ने गरेको पनि बताईन् ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org