समाचार

  • आइएसलाई सहयोग गर्ने अमेरिकी सैनिक पक्राउ

    एकजना अमेरिकी सैनिकले आतंककारी संगठन,आइएसलाई सहयोग गरेको पाइएपछि उनलाई सोमबार पक्राउ गरिएको छ । 

    अमेरिकी सुरक्षा अनुसन्धान निकाय, एफबिआइले सो जानकारी दिएको छ ।  निकायले दिएको जानकारी अनुसार अमेरिकी सेनामा कार्यरत ३४ वर्षका अधिकारी इकाइका एरिक काङले आइएसलाई सहयोग गरेको पाइएको एफबिआइले जनाएको छ । 

    उनी हवाइमा पक्राउ परेका हुन् । उनले आइएसलाई आवश्यक सैनिक सामग्री सहयोग गर्नुका साथै तालिम समेत दिने गरेको प्रमाण भेटिएको सेनाले अमेरिकी सेनाले जनाएको छ । 

    हवाइको राजधानी सहर होनोलुलुमा रहेको उनको निवासबाट उनलाई शनिबार बेलुका एफबिआइका अधिकारीहरुले पक्राउ गरेका बताइएको छ । 

    उनले हवाइमा रहेको सेनाको उड्डयनसम्बन्धी सेवामा ट्राफिक नियन्त्रणको कार्यमा सेवा गर्दै आएका थिए । सोही कार्यमा खटिएको समयमा उनले आइएसलाई सहयोग गरेको पाइएको थियो । 

    उनलाई सन् २०१० मा इराकमा र सन् २०१४ मा दुई वर्षसम्म अफगानिस्तानमा खटाइएको थियो । ती देशमा उनले सेवा गरेर अमेरिका फर्केका थिए । 

    उनीमाथि केही महिनायतादेखि निगरानी राखिएको र उनले आइएसलाई सहयोग गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिइएको जानकारी एफबिआइका अधिकारीले दिएका छन् । रासस

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org