समाचार

  • हिट कलाकार जन्माउने निर्माता, जसले यीनलाई डेब्यु गराए

    news

    संयोग नेपाल

    नेपाली चलचित्र उद्योगलाई बामे सर्दै गरेको उद्योग भन्नेहरुको जमात ठुलो छ  । पहिला नेपाली चलचित्र भन्दा नाक खुम्च्याउनेहरु अहिले ‘कुन फिल्म चल्या छ ?’ भन्ने सम्मको जिज्ञासा हुनु नेपाली चलचित्र उद्योगको लागि सकारात्मक पक्ष हो । पछिल्लो समय नेपालमा खासै स्डारडमको प्रभाव नभए पनि कहिँ कतै झल्को भने देख्न पाईन्छ । अनमोल केसीलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । अहिले दर्शकबाट स्टारको दर्जा पाएका अनमोललाई नेपाली चलचित्रमा डेब्यु गराउने निर्माता हुन् सुनील रावल ।

    चलचित्र निर्माता सुनील रावल यतिबेला आफ्नो चौथो चलचित्र ‘सायद २’ को प्रोमोशनमा ब्यस्त छन् । २०६९ मा पहिलोपटक चलचित्र ‘सायद’ बाट उनले नेपाली चलचित्र उद्योगमा निर्माताको रुपमा अगाडी बढेका थिए । दुर्गिस फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको उक्त फिल्मलाई सुरज सुब्बाले निर्देशन गरका थिए । आफैँ प्रबन्ध निर्देशक भएको कम्पनी दुर्गिस फिल्म्समार्फत आजसम्म उनले चारवटा चलचित्र बनाईसकेका छन् । जसमा तीनओटा चलचित्रहरुले हिट चलचित्रको सूचीमा आफ्नो नाम समावेश गराईसकेका छन् भने उनको चौथो चलचित्र असार ३० गतेदेखि प्रदर्शन हुदैँछ ।

     

    उनले निर्माण गरेको चारवटा चलचित्रबाट नै नेपालका अहिलेका चल्तीका कलाकारहरुले डेब्यु गरेका हुन् । उनले निर्माण गरेको चलचित्र ‘सायद’ मा अहिलेका हाँस्यब्यङ्ग्य क्षेत्रका चर्चित कलाकार विल्सन बिक्रम राईलाई डेब्यु गराएका थिए । विल्सनको साथमा उनले चलचित्र निर्देशक नारायण पुरीका छोरा संयम पुरीका छोरालाई पनि आफ्नोे चलचित्रमार्फत डेब्यु गराएका थिए । विल्सन अहिले नेपालका चर्चित हाँस्यकलाकारहरुको सूचीमा गनिन्छन् भने संयमलाई पनि चल्तीकै कलाकारको रुपमा लिन सकिन्छ । धेरै अन्तर्वार्ताहरुमा विल्सनले आफ्नो जीवनको टर्निङ पोईन्ट चलचित्र ‘सायद’ मा काम गर्न पाउनु र मेरी बास्सैको अभिनय भएको बताएका छन् । उनले नेपाली चलचित्रहरुमा मात्र नभई बलिउडमा समेत अभिनय गरिसकेका छन् ।

    त्यसैगरी सुनीलले आफ्नो दोश्रो चलचित्र ‘होस्टेल’मा अहिलेका युवा सुपरस्टार अनमोल केसीलाई डेब्यु गराएका थिए । सदाबहार नायक भुवन केसीका छोरासमेत रहेका अनमोललाई डेब्यु गराएको उक्त चलचित्रले निकै राम्रो कमाई गरको थियो । उक्त चलचित्रबाट अनमोल केसी फ्यानहरुको संख्यामा ह्वात्तै बृद्धि भएको हो । त्यो भन्दा पहिला अनमोल मिडियामा आएका पनि थिएनन् । नेपाली चलचित्र उद्योगमा अनमोललाई नेपाली दर्शकमाझ ल्याउने काम पनि निर्माता सुनील रावलले नै गरे । अनमोलले चलचित्र ‘होस्टेल’मा काम गरेपछि ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’ चलचित्रहरुमा काम गरिसकेका छन् । उनी अहिलेसम्मकै सबैभन्दा महंगो पारिश्रमीक लिएर चलचित्र ‘कृ’ मा काम गरिरहेका छन् । पोस्टरमात्र सार्वजनिक भएको अनमोल अभिति चलचित्र ‘कृ’ कार्तिकमा प्रदर्शनमा आउनेछ । उनले अभिनय गरेका सबै चलचित्रहरु हिट भएका छन् भने ‘ड्रिम्स’ लाई त सुपरहिटको ट्याग पनि लागेको थियो ।

    विल्सन र अनमोलमात्र हैन सुनीलले आफ्नो तेश्रो चलचित्र ‘होस्टेल रिर्टन्स’ मार्फत अर्का तीन नवप्रतिभाहरुलाई नेपाली चलचित्र उद्योगमा डेब्यु गराए । चलचित्र ‘होस्टेल रिर्टन्स’ मार्फत सुनीलले कलाकार नाजिर हुसेन, शुशिल श्रेष्ठ र स्वस्तिमा खड्कालाई सिने उद्योगमा भित्र्याएका थिए । ‘होस्टेल रिर्टन्स’ पछि स्वस्तिमाले चलचित्र ‘लभ लभ लभ’ र ‘छक्का पन्जा २’ मा काम गरिसकेकी छिन् । जसमध्ये चलचित्र ‘लभ लभ लभ’ प्रदर्शन भईसकेको छ भने ‘छक्का पन्जा २’ असोजमा रिलिज हुनेछ । यस्तै उनले चलचित्र ‘२ रुपैँया’ को  ‘कुुटुमा कुटु’ बोलको गीत र ‘प्रेम गीत २’ को ‘मोटरसाईकलमा’ बोलको गीतमा नृत्य गरेकी छिन् जुन गीत अहिले चर्चाको शिखरमा छ ।

    यस्तै सुनीलले ‘होस्टेल रिर्टन्स’मै काम गरेका अर्का कलाकार नाजिर हुसेनले पनि ‘पुन्टे परेड’, ‘बीर बिक्रम’, ‘गाँठो’, र ‘तिमी सँग’ चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्र ‘होस्टेल रिर्टन्स’ मा उनको अभिनय र भुमिकालाई सबैले मन पराएका थिए । उनको त्यो चलचित्रमा ‘रामेश्वर’ को भुमिका निर्वाह गरेका थिए जो एक मधेसी परिवारबाट इंन्जिनियरिङ पढ्न होस्टेलमा बसेको हुन्छ । यस्तै उनले अभिनय गरेको चलचित्र ‘तिमी संग’ भदौ ८ गते प्रदर्शन हुदैँछ ।

    त्यस्तै अनमोल केसीको विकल्पको रुपमा हेरीएका शुशिल श्रेष्ठले सुनिलको चलचित्रमा दोश्रो मौका पाएका छन् । शुशिलले ‘होस्टेल रिर्टन्स’पछि असार ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सायद २’ मा पनि अभिनय गर्ने मौका पाएका हन् । पुष्पराज न्यौपानेको निर्देशनमा बनेको चलचित्र ‘सायद २’मा शुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे, सुनील रावल, शुशिल सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org