समाचार

  • संशोधनको पक्षमा दुई तिहाई पुग्ने अवस्था आए सदन अवरुद्ध गर्छौंः एमाले सचिव आचार्य

    news

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले सदनमा विचाराधिन संशोधन प्रस्तावलाई कुनैपनि हालतमा पारित हुन नदिने बताएका छन् । उनले भने, ‘संशोधन प्रस्तावको पक्षमा कुनैपनि हालतमा दुई तिहाई पुग्दैन, यदि पुग्ने अवस्था आयो भने हामी जेपनि गर्न बाध्य हुनेछौं ।’

     

    आचार्यले अहिलेको संशोधन प्रस्ताव मधेस र मधेसी जनताको हितमा नभएको समेत जिकिर गरे । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘यो संशोधन प्रस्तावमा मधेसी जनताको एउटा पनि एजेण्डा छैन, त्यसैले एमाले पास गराउनको लागि बाध्य हुनेछैन ।’

    दुई तिहाई पुग्ने अवस्था आए प्रस्तावलाई निर्णयार्थ पेश गर्न दिनुहुन्छ वा सदन अवरुद्ध गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा आचार्यले संशोधन प्रस्ताव पारित हुने अवस्था अवस्थ्ाा सिर्जना भए आफूहरुले त्यही अनुसारको कदम चाल्ने समेत चेतावनी दिए । उनले भने, ‘हामी सदन अवरुद्ध गर्न पनि सक्छौं, त्यो परिस्थिति हेरेर हुन्छ ।’

    सत्तापक्षले संशोधन गर्नुपर्छ भनेर निर्वाचनको लागि तुरुपका रुपमा प्रयोग गरिरहेको उनको आरोप छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org