समाचार

  • आर्थिक बर्षको अन्त्यसँगै सरकारी कर्मचारीलाई भ्याईनभ्याई

    सोलुखुम्बुमा रहेको सम्पुर्ण सरकारी कार्यालयका कर्मचारी यतिखेर अन्त्यन्त व्यस्त भएका छन् । आर्थिक बर्षको अन्त्यमा कर्मचारी सबै बार्षिक प्रगति प्रतिवेदन बनाउने कार्यमा व्यस्त बनेका हुन् । जिल्लामा रहेको प्राविधिक  कर्मचारी, प्रशासनिक कर्मचारी सबैले यतिखेर बर्षभरी सम्पादन भएका कामको समिक्षात्मक प्रतिवेदन तयार  गरीरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बार्षिक  रिर्पोट ३० गते सम्म सबै तयार भईसक्ने जनाएको छ ।
     
    यस्तै महिला तथा बालवालिका कार्यालयले पनि रिर्पोट बनाउने काम अन्तिम चरणमा पुगेको  जनाएको छ । विकासे अड्डाहरु जिल्ला समन्वय समिति, नगरपालिकामा पनि यतिखेर कर्मचारीलाई भ्याईभ्याई रहेको छ । दैनिक सयौको संख्यमा सेवाग्राहीहरु योजना फछे्यौट लगायतका काम लिएर पुग्ने गरेका छन् । यता कोष तथा लेखा नियन्त्रकको कार्यालयले भने इन्टरनेट सेवामा देखिएको समस्याका कारण चेक काट्न नसकेको जनाएको छ । सुचना अधिकारी युवराज राईले नेट स्लो भएकै कारण धेरै कार्यालयको चेक काट्न नसकिकएको बताउनुभयो ।
     
    उहाँले महालेखा परिक्षकको कार्यालयमा जानकारी गराएपनि सोलुखुम्बुकै सर्भरमा समस्या देखिएको बताउनुभयो । वैंक तथा वित्तिय संस्थाहरुमा पनि सेवाग्राही भिड बढेको छ । आर्थिक बर्षको अन्तमा सबै भन्दा धेरै आर्थिक कारोबार हुने भएकाले छिटो छरीतो सेवा प्रदान गर्न वंैक तथा वित्तिय संस्थालाई हम्मे हम्मे पर्ने गरेको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org