समाचार

  • बर्षौदेखीको पुल यसपाली बन्ने

    सोलुखुम्बु सदमरकाुम सल्लेरीलाई तामाखानी जोड्ने बोल्दो स्थित सोलुखोलामा निमार्णधिन पक्की पुल अझै पुरा भएको छैन ।  ठेकेदार कम्पनि अमर कन्सट्रक्सनले पटक पटक निमार्ण मिति गुजार्दै मिति थप गर्दै आएकोमा  यस बर्ष भने काम सम्पन्न हुने जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुका प्रमुख इन्जिनियर पुष्कर पोख्रेलले जानकारी दिनुभयो । ३ दिन भित्र काम सम्पन हुने पोख्रेलले बताउनुभयो । अहिले माटो फिलिङ गरेर सामान्य रुपमा गाडी आवातजावत हुन सक्ने बनाएपनि पुलको पुर्ण काम भने नभएको  उहाँको भनाई छ ।
     
     स्थानीयको अवरोधका कारण पनि केही समय निमार्ण ढिलाई भएको पोख्रेलले दावी गर्नुभयो । पुलको हाइट बढाउनुपर्ने आवश्यकता भएको भन्दै उहाले स्थानीयले यस्मा समन्वय गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । यसबारेमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर सगँ पनि आवश्यक समन्वयका लागि आग्रह गरेको भन्दै पोख्रेलले मेयरले समन्वय गरिदिने बताएको जानकारी दिनुभयो । 
     
     स्थानीय भलाकाजी पुलामी मगरले आफुहरुले सरोकारवालाई पटक  पटक ताकेता गरेको बताउनुभयो । उहाँले विकास निमार्णका कार्य समयमा पुरा नहुदाँ नागरीकले सास्ती खेप्नु परेको भन्दै पुल निमार्ण यही आर्थिक बर्षमा सम्पन्न हुनुपर्ने माग राख्नुभयो । २ बर्ष अघि निमार्ण सम्पन्न गर्नुपर्ने २५ मिटर लम्बाई रहेको उक्त पुलको कुल लगानी ३ करोड ९७ लाख रहेको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org