समाचार

  • ११ लाख बढि राजश्व संकलन

    जिल्ला वन कार्यालय सोलुखुम्बुले ११ लाख बढि राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७३÷७४ को साउन देखि असार अन्तिम साता सम्म आउँदा ११ लाख ३८ हजार ८३ रुपियाँ राजश्व संकलन गरेको फरेस्टर खेचरबाबु बास्तोलाले जानकारी दिनुभयो । निजी, सामुदायिक तथा राष्ट्रिय बनबाट काठहरु निकासी गरेबापत १३ प्रतिशत राजश्व शुल्क जिल्ला वन कार्यालयलाई बुझाउने पर्ने व्यवस्था छ । गत बर्ष भन्दा यस बर्ष ४ लाख बढि राजश्व संकलन भएको बास्तोलाले बताउनुभयो । गत बर्ष करिब ७ लाख राजश्व संकलन भएको थियो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org