समाचार

  • नेचासल्यान गाउँपालिका र दुधकोशी गाउँ कार्यापालिकाको सदस्यका लागि निर्वाचन हुने

    सोलुखुम्बुमा नेचासल्यान गाउँपालिका र दुधकोशी गाउँ कार्यापालिकाको सदस्यका लागि निर्वाचन हुने भएको छ ।
     
    नेचा सल्यान गाउँपालिकामा  महिला सदस्य ४ जनाका लागि  जम्मा ७ जनाको उम्मेद्वारी परेको छ । काग्रेसबाट ३ जना र एमालेबाट ४ जना महिलाले उम्मेद्वारी दिएका छन्  । दलित तथा अल्पसंख्यकमा २ जना काग्रेसबाट र २ जना एमालेबाट गरी ४ जनाको  उम्मेद्वारी परेको छ । विहान ७ बजे देखि १२ बजे सम्म मतदानको समय तोकिएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।
     
    यस्तै दुधकोशी गाउँपालिकामा महिला सदस्यका लागि ८ जनाको उम्मेद्वारी परेको छ ।  नेपाली काग्रेसबाट ३ , एमालेबाट ४ र माओवादी केन्द्रबाट १ जनाको उम्मेद्वारी परेको छ । दलित तथा अल्पसंख्यकमा एमालेबाट २ जना, काग्रेसबाट १ जना र  माओवादी केन्द्रबाट १ जनाको उम्मेद्वारी परेको छ । विहान ८ बजे देखि २ बजे सम्म मतदानका लागि समय निर्धारण गरिएको दुधकोशी गाउँपालिकाका निर्वाचन अधिकृत धिरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
     
    गाउँ कार्यपालिकामा ६ सदस्यका लागि निर्वा्चित ४ महिला सदस्य र २ जना दलित तथा अल्पसंख्यक विच प्रतिस्पर्धा हुने छ । नगर तथा गाउँकार्यपालिकामा प्रमुख, उपप्रमुख नै प्रमुख उपप्रमुखमा रहने र वडा अध्यक्षहरु पदेन सदस्य रहने व्यबस्था रहेको छ ।
     
    गाउँपालिका, नगरपालिकामा मतपरिणाम घोषणा भएको १५ दिनभित्रमा गाउँ कार्यपालिकाको चुनाव गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि छनोट भइसकेका छन् । निर्वा्चित जनप्रतिनिधिले गाउँ कार्यपालिका छनोट गर्नेछन् ।  गाउँ कार्यपालिकाका लागि निर्वा्चित सदस्य महिलामध्येबाट ४ जना र दलित वा अल्पसंख्यकबाट दुई जना गरी चार जना निर्वा्चित हुनेछन् । नवनिर्वा्चित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरूको मतदानबाट चारजना महिला र २ जना दलित वा अल्पसंख्यक बाट सदस्य निर्वा्चित हुने व्यवस्था छ ।
     
    सोलुदुधकुण्ड  नगरकार्यापालिका, खुम्बुपासाङल्हमु, दुधकौशिका, महाकुलुङ र सोताङ गाउँ कार्यापालिकामा निर्विरोध रुपमा सदस्य मनोनित भएको मुख्य निर्वाचन अधिकृत प्रकाश चन्द्र अधिकारीले जानकारी दिनुभयो । यसअघि लिखुपिके गाउँकार्यापालिकाको सदस्यका लागि पनि निर्वाचन भएको थियो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org