कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः [email protected] सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

पर्यटन

  • news

    स्याङ्जामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ् प्रतियोगिता सुरु

    स्याङजाको सोरेकमा बुधबारबाट अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । स्याङजाको भीरकोट नगरपालिकाको सोरेक मैदानमा  सुरु भएको प्रतियोगिता कात्तिक २० गते सम्म सञ्चालन हुनेछ ।   बाबुु एडभेन्चर क्लवको आयोजना एवं स्याङजाका ११ वटै स्थानीय तह, जिल्ला समन्वय समिति, नेपाल पर्यटन वोर्ड र राष्ट्रिय खेलकुद परिषदकोे...

  • news

    नेपालमा पर्यटन भित्र्याउन स्पेनका गाडीमा नेपालका पोस्टरहरु टाँसिने

    स्पेनको पर्यटकीय शहर बार्सिलोनामा गुड्ने लोकल गाडीहरुमा भिजिट नेपाल लेखिएका पोस्टरहरु टाँसिने भएको छ । जुलाई दोस्रो सातादेखि अगष्ट महिनासम्म बार्सिलोनामा गुड्ने चार वटा लोकल बसहरुमा नेपालको पर्यटन प्रवर्द्धनका लागि पोस्टरहरु टाँसिने भएको हो ।   यसका लागि लाग्ने खर्च करिव २ लाख ५० हजार रुपैयाँ ९२ हजार १ सय ९० यूरो यहाँका नेपालीहरुले दुई दिनमा नै संकलन गरेका छन्...

  • news

    पर्यटन व्यवसायीको गुनासोः पाउरोटी खाने झोले टुरिष्ट बढे !

    १० माघ, काठमाडौं । संख्यात्मक रुपमा तुलना गर्दा पर्यटकहरु नेपालमा अहिले भूकम्प जानुपूर्वकै हाराहारीमा नेपालमा भित्रिएको देखिन्छ ।  पर्यटकको संख्या बढे पनि ठूला होटलको अकुपेन्सी भने सन् २०१४ को तुलनामा अत्यन्तै न्यून छ । भूकम्पअघि सन् २०१४ मा पर्यटक आउने सिजनमा अकुपेन्सी ९५ प्रतिशतसम्म पुगेको थियो । सन् २०१६ मा भने होटलको अकुपेन्सी ६० प्रतिशतभन्दा माथि जान नसकेको होटल...

  • news

    ईम्जाको पानी घटाउने कार्य शुरु

    असोज ०८ । सोलुखुम्बु सोलुखुम्बु स्थित ईम्जा तालको  पानिको सतह घटाउने काम शुरु भएको छ । ताल विष्फोटन हुने खतराको सुचिमा रहेको ईम्जा तालको पानी आजबाट घटाउने कार्य सुरु गरिएको हो ।  ईम्जा तालको पानि ३.४ मिटर पानि घटाउनका लागि ३ हप्ताको समय लाग्ने जल तथा मौषम विज्ञान विभागका  महानिर्देशक  रिऋीराम शर्माले जानकारी दिनुभयो । वहाँका अनुसार प्रति सेकेण्ड ६ देखि ७ घनमिटर पानि...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org