राष्ट्रिय

  • news

    नयाँ डिस्कोर्सः दोस्रो चरणको चुनाव प्रचण्डकै नेतृत्वमा !

    पहिलो चरणको चुनाव सकिएपछि निर्वाचन आयोगले दोस्रो चरणको चुनावका लागि कर्मचारीहरुलाई फिल्डमा खटाउन थालेको छ । सिंहदरबारमा चाहिँ सत्ता हस्तान्तरणको ‘किचलो’ बाँकी नै छ । यसैवीच राजनीतिक वृत्तमा अर्को एउटा डिस्कोर्स सुरु भएको छ- ‘अब प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको चुनाव गर्ने र त्यसपछिमात्रै प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्ने ।’ नेपाली कांग्रेसकै...

  • news

    वीरेन्द्रनगर जित्दै कांग्रेसले पनि पूरा गर्‍यो शतक

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका जित्दै नेपाली कांग्रेसले पनि १०० स्थानीय तहमा जित हात पारेको छ । पहिलो चरणको चुनाव भएको २ सय ८३ मध्ये २ सय ५९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले १०० स्थानीय तह जितेको छ । उसले पछिल्लो पटक वीरेन्द्रनगर नगरपालिका जितेको छ । कांग्रेसका देवकुमार सुवेदी मेयरमा निर्वाचित भएका छन्...

  • news

    बामदेवले भने-भरतपुरको मतगणना स्वाभाविक प्रक्रिया हो, हल्लाको पछि नलागौं

    नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले शुक्रवार दिनभरी सामाजिक सञ्जालहरुमा भरतपुर महानगरपालिकाको मतगणनालाई लिएर आफ्नो नाम जोड्दै भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् । अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका गौतमको तर्फबाट महासंघका प्रचार बिभाग सचिव विश्वमणी सुवेदीले जारी गरेको प्रेस नोटमा हल्लाको पछि नलाग्न आग्रह गरिएको छ । भरतपुर महानगरपालिकाको मतगणनामा...

  • news

    जेठ ३१ को चुनाव सार्न राजपा नेपालको प्रस्ताव

    ३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नगरी दोस्रो चरणको चुनावमा नजान सरकारलाई दबाव दिएका छन् । संशोधनसहित आफ्ना माग पुरा गर्न समय लाग्छ भने जेठ ३१ को चुनाव सार्न सकिने राजपाका नेताहरुले बताएका छन् । राजपा नेपालका नेताहरुले बुधबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुसँग छुट्टा छुट्टै वार्ता गरेका थिए । सिंहदरवारमा कांग्रेस सभापति शेरबहादुर...

  • news

    ३० स्थानको नतिजा: एमाले पहिलो, कांग्रेस दोस्रो

    पहिलो चरणको स्थानीय निर्वाचनको अन्तिम परिणाम धमाधम आइरहेको छ । ३० स्थानीय तहको अहिलेसम्मको नतिजा हेर्दा नेकपा एमालेले पहिलो र नेपाली कांग्रेसले दोस्रो स्थान हासिल गरेका छन् । ३० स्थानीय तहमध्ये एमालेले १२ स्थानमा जित हात पारेको छ भने कांग्रेसले १० स्थानमा जितेको छ । त्यस्तै, माओवादीले ८ स्थानमा जितेको छ । स्वतन्त्र उम्मेदवारले एउटा स्थानीय तहको अध्यक्षमा जितेका छन्...

  • news

    १५ जिल्लाका २४ स्थानीय तह: जान्नुस् कहाँ किन मतगणना सुरु हुन सकेन

    पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ३, ४ र ६ का दुई सय ८३ स्थानीय तहमध्ये २४ वटा स्थानीय तहमा मतगणना सुरु हुन सकेको छैन । समयमा मतगणना सुरु हुन नसक्नुमा निर्वाचन आयोगले विभिन्न कारणहरु दिएको छ । उही जिल्लामा केही ठाउँमा मतगणना भएर धमाधम परिणाम सार्वजनिक भइरहँदा कतै भने गणना नै सुरु नहुँदा पार्टीका शुभेच्छुक र आम मतदाता व्यग्र र चिन्तित बनिरहेका छन् । कतै सर्वदलीय...

  • news

    मौन अवधिः के गर्न पाइन्छ, के पाइँदैन ?

    स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाले मौन अवधिमा प्रचारप्रसारसहित ६ किसिमका रोक लगाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । मौन अवधिमा साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन...

  • news

    दोलखाका मतदाता चढेको बस सिन्धुपाल्चोकमा दुर्घटना, २ को मृत्यु

    २८ वैशाख, चौतारा । स्थानीय तहको चुनावका लागि मतदाता बोकेर दोलखातर्फ जाँदै गरेको बस विहीवार अपरान्ह सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस लामोसाँघु जिरी सडकखण्डको ३ किलो भन्ने ठाउँमा सडकबाट खसेको थियो । दुर्घटनामा दोलखा लामिडाँडा साविक वडा नम्बर ४ का मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी...

  • news

    आचारसंहिता पालना गर्ने प्रतिवद्धतापत्रमा प्रमुख दलले गरे हस्ताक्षर

    २७ बैशाख, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । आयोगले बुधबार प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको हो । निर्वाचन आयोगले मतदान र मत गणनाको समयमा पनि आफ्ना कार्यकर्तालाई संयमित बनाउन आग्रह गरेको छ । कार्यक्रममा एमालेले दोलखा घटनाबारे आयोग र दलहरुको...

  • news

    आँसु झार्दै कुलमानले भने-२/४ घन्टा लोडसेडिङ गरेको भए करोडौं कमाउँथे होला

    २६ बैशाख, काठमाडौं । एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा...

  • news

    चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’ को अवधारणामा हस्ताक्षर गर्ने सरकारको निर्णय

    २५ बैशाख, काठमाडौं । सरकारले चीनको वान वेल्ट वान रोड अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले चीन सरकारले अघि सारेको उक्त अवधारणामा सहमति जनाउँदै हस्ताक्षर समेत गर्ने निर्णय गरेको हो । यसअघि लामो समयदेखि चीनीयाँ सरकारले वान वेल्ट वान रोडको अवधारणामा हस्ताक्षर गर्न आग्रह गर्दा समेत नेपाल...

  • news

    संसद बैठक स्थगित, अब चुनावपछि मात्रै बस्ने

    २४ बैशाख, काठमाडौं । व्यवस्थापिका संसद बैठक जेठ ४ गतेसम्म स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सारिएको हो । संसद सचिवालयले स्थानीय तहको पहिलो चरणको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी बैठक स्थगित भएको सूचना टाँस गरेको छ...

  • news

    सर्वोच्चको आदेशविरुद्ध तरुण र विद्यार्थी सडकमा

    २३ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशको सत्तारुढ दल निकट युवा तथा विद्यार्थी संगठनहरुले विरोध गर्दै सशक्त प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् । सर्वोच्चको फैसलालगत्तै आफ्नो धारणा सार्बजनिक गर्दै नेविसंघले संसदको विशेषाधिकारमाथि ठाडो हस्तक्षेप भएको ठहर गरेको छ । यो आदेशबाट नेपालको संसदीय...

  • news

    महाअभियोग अघि नबढाउन सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएको छ । साथै कार्कीलाई यथावत रुपमा आफ्नो पदमा काम गर्न दिन भनेको छ । महाअभियोगविरुद्ध दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले संविधानको मर्म र भावना अनुसार महाअभियोग नआएको बताएको छ । न्यायाधीयहरुबाट गरिने व्यवहार, आचरण...

  • news

    महाअभियोग खारेजको माग गर्दै सर्वोच्चमा रिट

    २० बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता सुुनिलरञ्जन सिंहले बुधबार दायर गरेको रिटमा महाअभियोगसम्वन्धी सबै कारबाही रोक्न माग गरिएको छ । अदालतको फैसलालाई टेकेर महाअभियोग लगाउन नसकिने भन्दै रिटमा महाअधियोग लगाउने परिपक्क आधार नै नभएको उल्लेख छ । साथै...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org