ताजा खबर

सोलु समाचार

  • स्थानीय तहमै मतदाताको नाम दर्ता गरिने भएपछि खुम्बु बासी उत्साहित ।

          निर्वाचन अयोगले साउन १६ गते देखी ३२ गते सम्म स्थानीय तहको केन्द्रमा गएर मतदाता नामवली संकलन गर्ने भएपछि खुम्बुबासी उत्साहित बनेका छन् । प्रदेश र संघको निर्वाचन प्रयोजनका लागि आयोगले यस अघि जिल्ला निर्वाचन कार्यालयमा गएर साउन १ गते देखी १५ गते सम्म नाम दर्ता गराउन सक्ने जनाएको थियो ।         विभिन्न राजनितिक दलहरुले समय थप गर्नुपर्ने र गाउँगाऊँमा गएर संकलन...

  • जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुमा शनिबार पनि कार्यसम्पादन,

    जिल्ला निर्वाचन कार्यालय सोलखुम्बुले शनिबार पनि फोटो सहितको मतदाता नामावली दर्ता गर्ने काम गरेको छ । आयोगको परिपत्र अनुसार सार्वजनिक विदाको दिनमा पनि कार्यालय सन्चालन गरी फोटो खिच्ने तथा नाम दर्ता गर्ने काम गरिएको कम्प्युटर अपरेटर तथा सुचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो  ।         तर नागरीकलाई शनिबार पनि काम हुने भन्ने जानकारी नभएकाले ४ जनाको मात्र फोटो...

  • आर्थिक बर्षको अन्त्यसँगै सरकारी कर्मचारीलाई भ्याईनभ्याई

    सोलुखुम्बुमा रहेको सम्पुर्ण सरकारी कार्यालयका कर्मचारी यतिखेर अन्त्यन्त व्यस्त भएका छन् । आर्थिक बर्षको अन्त्यमा कर्मचारी सबै बार्षिक प्रगति प्रतिवेदन बनाउने कार्यमा व्यस्त बनेका हुन् । जिल्लामा रहेको प्राविधिक  कर्मचारी, प्रशासनिक कर्मचारी सबैले यतिखेर बर्षभरी सम्पादन भएका कामको समिक्षात्मक प्रतिवेदन तयार  गरीरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बार्षिक...

  • बर्षौदेखीको पुल यसपाली बन्ने

    सोलुखुम्बु सदमरकाुम सल्लेरीलाई तामाखानी जोड्ने बोल्दो स्थित सोलुखोलामा निमार्णधिन पक्की पुल अझै पुरा भएको छैन ।  ठेकेदार कम्पनि अमर कन्सट्रक्सनले पटक पटक निमार्ण मिति गुजार्दै मिति थप गर्दै आएकोमा  यस बर्ष भने काम सम्पन्न हुने जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुका प्रमुख इन्जिनियर पुष्कर पोख्रेलले जानकारी दिनुभयो । ३ दिन भित्र काम सम्पन हुने पोख्रेलले बताउनुभयो ।...

  • ११ लाख बढि राजश्व संकलन

    जिल्ला वन कार्यालय सोलुखुम्बुले ११ लाख बढि राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७३÷७४ को साउन देखि असार अन्तिम साता सम्म आउँदा ११ लाख ३८ हजार ८३ रुपियाँ राजश्व संकलन गरेको फरेस्टर खेचरबाबु बास्तोलाले जानकारी दिनुभयो । निजी, सामुदायिक तथा राष्ट्रिय बनबाट काठहरु निकासी गरेबापत १३ प्रतिशत राजश्व शुल्क जिल्ला वन कार्यालयलाई बुझाउने पर्ने व्यवस्था छ । गत बर्ष भन्दा यस बर्ष ४...

  • रिड नेपालले शिक्षा क्षेत्रमा गरेको योगदानलाई भुल्न हुदैँनः सहायक सिडिओ खनाल

    सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल खनालले रिड नेपालले शिक्षा क्षेत्रमा गरेको योगदानलाई भुल्न नहुने बताउनु भएको छ । रिड नेपालले गरेको सिकाई उपलब्धि प्रबर्धन कार्यक्रम अन्तगरत सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।   बिगत लामो समय देखि सोलुखुम्बुमा यस संस्थाले शैक्षिक क्षेत्रमा काम गरेको हुँदा आज सोलुखुम्बुको शैक्षिक स्थिती उच्च...

  • जिल्ला अस्पतालमा दैनिक ४० देखि ५० जना विरामी आउने

    जिल्ला अस्पताल फाप्लु, सोलुखुम्बुमा दैनिक ४० देखि ५० जना विरामी आउने गरेका छन् । विशेषगरी यो मौसममा  झाडापखाला, टाइफाइड, निमोनिया लगायतका स्वास्थ्य समस्या लिएर आउने विरामीको संख्या बढि रहेको डाक्टर टंक कार्कीले जानकारी दिनुभयो ।  ज्वरोका विरामीहरु पनि त्यत्तिकै मात्रामा रहेका छन् । रुघाखोकी लाग्ने, जोर्नी दुख्ने, टाउको दुख्ने, बान्ता हुने, पेट दुख्ने लगायतका समस्या...

  • नेचासल्यान गाउँपालिका र दुधकोशी गाउँ कार्यापालिकाको सदस्यका लागि निर्वाचन हुने

    सोलुखुम्बुमा नेचासल्यान गाउँपालिका र दुधकोशी गाउँ कार्यापालिकाको सदस्यका लागि निर्वाचन हुने भएको छ ।   नेचा सल्यान गाउँपालिकामा  महिला सदस्य ४ जनाका लागि  जम्मा ७ जनाको उम्मेद्वारी परेको छ । काग्रेसबाट ३ जना र एमालेबाट ४ जना महिलाले उम्मेद्वारी दिएका छन्  । दलित तथा अल्पसंख्यकमा २ जना काग्रेसबाट र २ जना एमालेबाट गरी ४ जनाको  उम्मेद्वारी परेको छ । विहान ७ बजे देखि...

  • ६ जना हाम्फाले सोलु दुधकुण्डमा

    सोलुदुधकुण्ड नगरपालिकाको मेयरका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल र स्वतन्त्रबाट एक जना गरी ६ जना चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् ।   आज उम्मेद्वारी फिर्ता लिने समय सकिए सँगै कायम भएको मनोनयनको सुचिबाट ६ जनाले चुनाव लड्ने पक्का भएको हो । काग्रेसबाट मेयरमा...

  • news

    पासाङ ल्हामु गाउँपालीकामा माओवादी काङ्ग्रेस तालमेल

    खुम्बु पासाङ ल्हमु गाउपालीकामा नेकपा माओवादी केन्द्र र नेपाली काग्रेस बीच चुनावी तालमेल भएको छ । श्रोतका अनुसार गाउपालीका प्रमुखमा नेकपा माओवादी केन्द्रले नेपाली काग्रेसलाई सहयोग गर्ने र उपप्रमुखमा काग्रेसले माओवादी केन्द्रलाई सहयोग गर्ने सहमती भएको छ ।   चुनावी तालमेलको चर्चा विगत देखिनै चलेको भएपनि उम्मेदवारी मनोनयन दर्ता फिर्ता लिने, अन्तिम नामावाली प्रकासन...

  • news

    निर्वाचन सामाग्री ढुवानीमा समस्या

    स्थानिय तह निर्वाचनका लागी आवश्यक सामाग्री ढुवानीका लागी समस्या भएको छ । सामाग्री ढुवानीका लागि आयोगले निर्धारण गरेको भाडाले नपुग्ने भए पछि सामान ढुवानीमा समस्या देखिएको हो  ।   निर्वाचनमा  प्रयोग हुने सामाग्रीहरु जिल्लाको विभिन्न मतदान स्थाल सम्म ढुवानीका लागी आयोगले  ६ कोषलाई १ दिन मानी प्रति दिन ४०० को दरले ढुवानी भाडा आयोगले निर्धारण गरेपनि व्यक्तिर्फत...

  • पद बिहीन बन्ने नेचा सल्यान गाउपालीकाको ६ नम्बर वडा

    सावीक तिङ्ला गाविस हाल नेचा सल्यान गाउपालीका ६ नम्बर वडा पद बिहीन बन्ने भएको छ । आईतबार मनोनयनदर्ता गरेका नेपाली काग्रेसका उम्मेदवार टंक कार्कीको वारेस नामाबाट उम्मेदवारी दर्ता भएपनि अयोग्य ठहरेपछि उम्मेदवारी रद्ध भएको छ । यस्तै सोहि वडाबाट २ जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएका ज्ञानबहादुर राई र हर्कबहादुर...

  • जिल्ला स्वास्थ्य कार्यालय तथा स्वास्थ्य चौकी गुदेल को आयोजनामा गुदेल ३ दिने “परिवार नियोजनको सुक्ष्म योजना तर्जुमा“कार्यक्रम सम्पन्न ।।

    जिल्ला स्वास्थ्य कार्यालय तथा स्वास्थ्य चौकी गुदेल को आयोजनामा परिवार नियोजन सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ ३ दिने “परिवार नियोजनको सुक्ष्म योजना तर्जुमा“कार्यक्रम सम्पन्न गरिएको छ ।   आ.व ०७३/७४ मा साविकको गुदेल गाविसमा विस्तार गरिएको परिवार नियोजन सेवाको प्रभावकारीता तथा दिगोपना,साथै सेवा विस्तार देखिएका समस्याहरु र तिनका समाधानका उपायहरुको...

  • सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेद्धारा बैशाखमा डेढ करोड बढि राजश्व संकलन ।

    सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले बैशाख पहिना भित्र १ करोड ८६ लाख ७ रुपैया राजश्व संकलन गरेको गरेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष २०७३ को बैशाखमा १ करोड २४ लाख ४१ हजार नौ सय ४८ रुपैया राजश्व संकलन गरेको थियो ।   कार्यालयले पर्यटक प्रवेश शुल्क, भरिया प्रवेश शुल्क, शाहसिक पर्यटन शुल्क(प्यारग्लाईडिङ, म्याराथन, माउन्टेन फ्लाईट), वन पैदावार शूल्क आदि...

  • संयुक्त रुपमा चुनाव लड्ने निर्णय गरेका फोरम र नयाँ शक्तिले उम्मेद्वार टुगो लगाउँदै, ६ वटा गाउँपालिकाको प्रमुखको उम्मेद्वार निश्चित

    संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा मिलेर उम्मेदवारी दिने सम्झौता गरे अनुसार सोलुखुम्बुमा उम्मेद्वार तय गर्ने काम जारी छ । सोलुखुम्बुको एक मात्र सोलुदुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका बाहेकमा प्रमुखको उम्मेद्वार टुगों लगाएको नयाँ शक्ति पार्टीले जनाएको छ । दुधकौशिका गाउँपालिकामा प्रमुखको उम्मेद्वार मणि तामाङका अनुसार भोली...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org