विचार

  • news

    जिका बेबीको चर्चा कहाँ हरायो?

    डा. शेरबहादुर पुन जिका भाइरसको चर्चा सन् २०१५ पछि खासै भएको छैन। खासगरी, जिका संक्रमणले टाउको सानो भएको बच्चा एकपछि अर्को ठूलो मात्रामा देखिन थाल्यो भनेर सुन्नमा आएको छैन। तर प्रश्न उठ्छ, सन् २०१५ (अक्टुबर तिर) मा मात्र किन यति धेरै (दुई हजारभन्दा बढी) संख्यामा देखियो होला त यो समस्या? विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले हालै मात्र ब्राजिलको स्वास्थ मन्त्रालयसँग मिलेर गरेको...

  • news

    नेपालमा भूकम्पमा भन्दा तीन गुणा बढीको ज्यान लिने महाविपत्ति किन नरोक्ने?

    डा. गान क्वान मलाई यो कुरा व्यक्त गर्दा निकै दुःख लाइरहेको छ। तर, यो यथार्थ हो। नेपालमा हरेक वर्ष २५ हजारभन्दा बढी मानिसले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण अकालमा ज्यान गुमाइरहेका छन्। यो संख्या निकै ठूलो हो। एक वर्षमै यति धेरै नागरिकको ज्यान लिने यो महामारीलाई रोक्न सकिन्छ। यतातिर सबैको ध्यान जान आवश्यक छ। नेपालमा दुई वर्षअघि विनाशकारी भूकम्प गयो। भूकम्पले...

  • news

    नेपालमा ऊर्जा मिश्रणको आवश्यकता

     इ. रामराज शर्मा राजधानीलगायत मुख्य सहरहरू लोडसेडिङ्ग  मुक्त भए । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने वाचा फेरि पनि दोहोर्‍यायो । केही नीतिगत सुधारहरु गरिए । उदाहरणका लागि ऊर्जा खरिद दर हिँउद र बर्खाको लागि १०० मेगावाटसम्मका 'रन अफ द रिभर' आयोजनाका लागि ४.८ र ८.४ रुपियाँ कायम गरियो । जलाशय युक्त आयोजना र 'पिकिङ्ग रन अफ द रिभर' आयोजनाका लागि नयाँ...

  • news

    आधारहीन प्रचारवाजी कि चुनाव घोषणापत्र

    विक्रम आचार्य स्थानीय चुनावको रन्को सबैलाई लागेको छ । प्रमुख दलदेखि वैकल्पिक भनिएका दलले समेत मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । सबैका घोषणापत्र हेर्दा लाग्छ, अब देशले १०  वर्षभित्रै र नभए पनि २० वर्षमा अवश्य काँचुली फेर्नेछ । अर्थात् उनीहरूकै घोषणा पत्रलाई आधार मान्ने हो भने नेपालीको प्रतिव्यक्ति आय कम्तीमा पनि ५ हजार अमेरिकी डलर...

  • news

    कस्ता–कस्ता मतदाता !

    पूरै २० वर्षपछि स्थानीय तहको निर्वाचन हुनलाग्दा उमेदवारमात्र होइन मतदाता प्नि हौसिएका देखिन्छन् । तर, निर्वाचनपछि देशले गति लिन्छ भनेर आशा गरेका जनताले भोट कसलाई दिने भनेर मापदण्ड बनाएको भने पाइँदैन । यी यी गुण भएका उमेदवारलाई आफ्नो मत दिने हो भन्नुको सट्टा उही पुरानै शैलीमा मतदान गर्न आतुर देखिन्छन् । कस्लाई मत दिने भन्ने विषयमा धेरैको प्रतिक्रिया यस्तो पाइन्छ...

  • news

    सरकारको बेवास्ताले मणिपाल घटना

    यो साता नेपालको स्वास्थ्य क्षेत्रमा पोखराको मणिपाल शिक्षण अस्पताल र त्यहाँ कार्यरत चिकित्सकको चर्चा खूब चल्यो। घटना मानवीय संवेदनासँग जोडिएको हुनाले पनि यसले आम सर्वसाधारणको ध्यान तान्नु स्वाभाविकै हो। दुर्गम हिमालपारिको जिल्ला मुस्ताङमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई जति सक्दो चाँडो उपचारको आवश्यकता थियो। त्यसैले उनीहरूलाई हेलिकप्टरबाट सिधै मनिपाल...

  • news

    डण्डु चेपाङको रेडियो

    किरण लोहनी- नाम–डण्डु चेपाङ ठेगाना– घ्याल्चोक, छत्तिवनगैह्रा गाउँ ।  हुन त यो गाऊँको सबै चेपाङ परिवार अनेक तरहले गरीविसँग जुधिरहेकै छ, तर पनि गाउँमा सबभन्दा गरीव र दुखी को छ ? भनेर सोध्यो भने सबैले भन्छन्, डण्डु चेपाङ । दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाक टार्दै आएका यो गाऊँका कुनै पनि चेपाङ परिवार सुखी लाग्दैनन् । तर पनि साराका सारा गाउँले आफूभन्दा पनि दुखी...

  • news

    अस्पताल फार्मेसी : कसरी पन्छाउने चुनौतीका चाङ?

    सुस्मिता शर्मा आधारभूत स्वास्थ्य सेवा विश्वका हरेक नागरिकको अधिकार हो। नेपालको संविधान २०७२ ले पनि आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ। संविधानको मर्म अनुरूप नागरिकलाई स्वास्थ्य सम्बन्धी हरेक सेवा प्राप्त गर्ने अधिकार छ। अस्पताल वा स्वास्थ्य संस्थाबाट प्राप्तहुने स्वास्थ्य सम्बन्धी सेवामा फार्मेसी सेवा पनि एक हो। यहाँ फार्मेसी सेवा...

  • news

    नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण

    प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली राजनीतिमा आज अलग ढंगले व्याख्या गर्न थालिएको छ । कुटनीतिक सम्बन्धका आफ्नै मूल्य र मान्यता रहन्छन् । एउटा निश्चित सिमाभित्र बाँधिएर कुटनीतिक मर्यादाको पालना गर्ने गरिन्छ । तर पछिल्लो दिनहरुमा नेपाल र भारतको औपचरिक र अनौपचारिक...

  • news

    उपचारमा अनुदानभन्दा रोग लाग्न नदिने वातावरण बन्नुपर्छ

     डा. रिता थापा, जनस्वास्थ्य विशेषज्ञ सरकारले जनस्वास्थ्य ऐनको तयारी गरिरहेको छ भन्ने सुन्दा निकै खुसी लागेको छ। लामो समय जनस्वास्थ्यको क्षेत्रमा काम गरेकाले पनि यस क्षेत्रको विकासका लागि सरकारले कुनै कदम चाल्नु खुसीको कुरा हो। परिभाषाबाट नै स्पष्ट हुन्छ, ‘जन–स्वास्थ्य’ भन्नासाथ आमजनताको स्वास्थ्यका लागि गरिने कामकारबाही। विश्वव्यापी मान्यताले पनि के देखाउँछ...

  • news

    जनस्वास्थ्य ऐन कागजी अवधारणा होइन ‘लिभिङ डकुमेन्ट’ बन्नुपर्छ

      डा. बद्रीराज पाण्डे, जनस्वास्थ्य विशेषज्ञ सरकारले जनस्वास्थ्य ऐनका लागि मस्यौदामा गृहकार्य गरिरहेको छ। यो जनस्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गरिरहेकाहरुका लागि खुसीको कुरा हो। हाम्रोजस्तो विकासोन्मुख मुलुकका लागि एउटा विस्तृत जनस्वास्थ्य ऐनको आवश्यकता छ। विभिन्न मुलुकमा जनस्वास्थ्य वा यस्तै नामका ऐनहरु जारी भइसकेका छन्। १९औं शताब्दीकै मुलुकी ऐनबाट...

  • news

    किन एक हुँदैछन् गोरखाहरु ?

    नरेश खपाङ्गी मगर फुट र विभाजन गोरखा आन्दोलनको पर्याय नै हो । जहिले पनि फरक-फरक किनारामा रहेर धारणा सार्वजनिक गर्नु गोरखाहरुको सन्दर्भमा नयाँ होइन । बेलायतको विरोध गर्नुमा भन्दा एकले अर्कालाई खोइरो खन्दै गाली बेइज्जतीकै स्तरसम्म ओर्लनुमा उनीहरुले बढी समय बिताएका छन् भन्नुमा अन्यर्थ नहोला । त्यतिमात्र होइन, आफ्नै समुदाय भित्रका भिन्न संगठनका नेतालाई कुटपिटसमेत...

  • news

    मधुमेहसँग जोडिएको मानसिक स्वास्थ्य समस्या

    डा. प्रमोदराज रेग्मी आजकल मधुमेह (चिनीरोग वा डायबेटिज) को नाम नसुन्ने कमै होलाऔँ। हाम्रो परिवार वा छिमेकमा कसै न कसैलाई मधुमेह भएको हुन्छ। खासगरी पछिल्ला केही दशक यता विश्वव्यापी रुपमा नसर्ने रोगहरु जस्तैः मधुमेह, क्यान्सर, मुटुसम्बन्धी रोगहरुको प्रकोप बढिरहेको पाइन्छ। मानिसको जीवनशैलीमा आएको परिवर्तन (जस्तैः खानपिन, कम शारीरिक अभ्यास आदि) तथा वंंशाणुगत गुणका कारण...

  • news

    किन आउँछ अनुहारमा चायाँ ?

    डा. सबिना भट्टराई – अनुहार सफा हुनु भनेको स्वस्थ हुनुको संकेत हो । तर अनुहारमा चायाँ आउँदैमा शरीर अस्वस्थ हुन्छ भन्ने चाहिँ हुँदैन । तर शरीर अस्वस्थ छ भन्ने संकेत अथवा लक्षण भनेको अनुहारमा चायाँ देखिनु पनि हो ।  अनुहारमा मात्र किन चायाँ आउँछ ? चायाँ पोतो आउने धेरै कारण हुन्छ । पहिलो कारण भनेको घामको असर हो । घाममा छालालाई नकारात्मक प्रभाव पार्ने एक प्रकारको किरण हुन्छ...

  • news

    छोरी जन्मिँदा किन खुम्चिन्छ महिलाकै अनुहार?

    मान्छेको भीडमा मैल देखेकी नारी पात्र कहिले सशक्त छिन् त कहिले अशक्त। प्रसव पीडामा छट्पटिएर  मित्युसँग युद्ध गरी मान्छेले  मान्छे जन्माउँदाको क्षणमा लाग्छ नारी शक्ति अपरम्पार छ। लाग्छ, नारी सहनशीलताकी प्रतिमूर्ती नै हुन्। नर्सिङ पेशामा भएकाले सबै कुरा पेशागत रुपले हेर्दा प्रसूतिको क्रम प्राकृतिक प्रक्रिया लाग्नुपर्ने हो। तर त्यसबेलाको नारी स्वरुप देख्दा आफूलाई...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org